Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अब ६७ देशबाट नेपाल आउँदा होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने

अब ६७ देशबाट नेपाल आउँदा होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३, २०७८ शनिवार • १०:४५:१२ बजे
  • 1.6K
    SHARES
  • अब ६७ देशबाट नेपाल आउँदा होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने

    कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन फैलिएका ६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वारेन्टीन अनिवार्य गरिएको छ ।

    images

    अध्यागमन विभागले विज्ञप्ति निकालेर विभिन्न ६७ देशबाट नेपाल आउनेहरूलाई होटल क्वारेन्टीन अनिवार्य गरेको हो । होटल क्वारेन्टीन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने विभागले जनाएको छ ।

    विभागकाअनुसार, ७ दिन होटल क्वारेन्टीन बसिसकेपछि कोरोना परीक्षण गराउनुपर्नेछ ।

    रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वरेण्टीन बस्नुपर्नेछ । नतिजा पोजिटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेशन केन्द्र वा अस्पताल पठाइने विभागले जनाएको छ ।

    छिमेकी देश भारतसहित एसियाली देशहरुमा पनि ओमिक्रोन फैलिँदै गएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो ।

     

    1111.png
     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology