Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

थप १८९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

थप १८९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३, २०७८ शनिवार • १७:१०:०९ बजे
  • 892
    SHARES
  • थप १८९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

    मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९९७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ५ हजार ४८३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ५८ जना र २ हजार ५१४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २१ हजार ५३६ पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ५० जना निको भएर घर फर्किएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०८ हजार ६०३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९९७ जनाको परीक्षण हुँदा हालसम्म कुल ५५ लाख ४२ हजार २५३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७२ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology