Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अन्तरजातीय विवाहः युवती घरमै, युवक बेपत्ता

अन्तरजातीय विवाहः युवती घरमै, युवक बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ४, २०७८ आइतवार • १४:१५:४७ बजे
  • 1.7K
    SHARES
  • अन्तरजातीय विवाहः युवती घरमै, युवक बेपत्ता

    हुम्लाका एक युवकलाई केटी पक्षका आफन्तले अन्तर जातीय विवाह गरेकै कारण कुटपिट गरी बेपत्ता बनाएको आरोप लगाएका छन् ।

    images

    हुम्ला सर्केगाड गाउँपालिका–१ को जैर गाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु सोरु गाउँपालिका–४ स्थित लिप्र गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग एक महिना अगाडि भागी विवाह गरे । तर, केटीका आफन्तले कुटपिट गरी युवकलाई बेपत्ता बनाएको आरोप लागेको छ ।

    गत २९ मंसिरमा केटी पक्षका आफन्तले कामीको घरमै पुगेर चन्द्रे र सुन्तलीलाई माइती घरमा ल्याएर कुटपिट गरी बेपत्ता बनाएको युवकका परिवा्ले आरोप लगाएका छन् ।

    ठकुरीकी छोरीसँग कामीको छोराले विवाह गरेको भन्दै युवती पक्षले छोरालाई निर्घात कुटपिट गर्नुका साथै तीनदिनदेखि बेपत्ता पारेको आरोप चन्द्रेका बुवा धनजय कामीले लगाएका छन् ।

    केटी पक्षका मान्छे आएर छोरा र बुहारीलाई लिएर गएको र तीन दिनदेखि छोरा सम्पर्कविहीन रहेको उनको भनाइ छ । तर, सुन्तली भने गाउँमै भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

    युवकको भने खोजी भइरहेको हुम्ला जिल्लाका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । उनका अनुसार घटनाको जानकारी आउने बित्तिकै खोजीकार्य थालिएको हो ।

    गत ५ मंसिरमा चन्द्रे र सुन्तलीले भागी विवाह गरेका थिए । २९ मंसिरमा केटी पक्षमा मान्छे आएर बुहारी र छोरालाई लिएर गएको धनजय कामीले बताए ।

    छोराबुहारी लैजाने क्रममा आफूहरूमाथि दुर्व्यवहार भएको उनले गुनासो गरे । छोरा र बुहारीलाई अपहरण र कुटपिट गरेपछि आफुले १ पुसमा प्रहरीलाई जानकारी गराएको उनले बताए ।

    छोरीलाई घरमा राखेर केटालाई बेपत्ता बनाएको आफुले जानकारी पाएको सर्केगाड–१ का वडा अध्यक्ष गोकुल बुढाले बताए ।

  • सम्बन्धित विषय:

  • # अन्तरजातीय विवाह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology