Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रकवि घिमिरेको जन्मथलो लमजुङको मर्स्याङ्दी गाउँपालिकामा बुधबार सार्वजनिक बिदा

राष्ट्रकवि घिमिरेको जन्मथलो लमजुङको मर्स्याङ्दी गाउँपालिकामा बुधबार सार्वजनिक बिदा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०७७ बुधवार • १५:२६:२३ बजे
  • 1.3K
    SHARES
  • राष्ट्रकवि घिमिरेको जन्मथलो लमजुङको मर्स्याङ्दी गाउँपालिकामा बुधबार सार्वजनिक बिदा
    राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मथलो लमजुङको मर्स्याङ्दी गाउँपालिकामा बुधबार सार्वजनिक बिदा दिइएको छ । घिमिरेको सम्मानमा बुधबार एक दिनका लागि गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो ।
    घिमिरेकाे विसं १९७६ असोज ७ गते लमजुङको तत्कालीन बाहुनडाँडा गाविसको भीरपुस्तुनमा जन्म भएको थियो ।
    राष्ट्रकवि घिमिरेकाे मङ्गलबार साँझ आफ्नै निवासमा निधन भएकाे हाे । उहाँले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ ।

    घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाउनुभएको छ । तीमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काव्य सबैभन्दा चर्चित छ ।

    उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।
    घिमिरेको जन्मथलो मर्स्याङ्दी गाउँपालिकामा ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति पार्क’ पनि निर्माण भइरहेको छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology