Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७८ मंगलवार • १७:०५:३० बजे
  • 2.0K
    SHARES
  • ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    लमजुङ मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    images

    घनपोखराको घिम्राङबाट गएराति खुदीतर्फ आउँदै गरेको ग १ त ६११४ नं को ट्याक्टर घिम्राङ गाउँमुनी सडकबाट खोलामा खस्दा ट्र्याक्टर चालक सोही पालिका–९ सिम्पानीका २४ वर्षीय सन्देश विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    रातिको समयमा ट्र्याक्टर चलाउदा सडकबाट करिब २०० मिटर तल खस्दा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।

    मृतकको शवपरीक्षणको लागि बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा राखिएको छ ।

  • सम्बन्धित विषय:

  • # चालकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology