Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

थप २९३ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

थप २९३ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०७८ बिहिवार • १७:०९:४४ बजे
  • 1.1K
    SHARES
  • थप २९३ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

    नेपालमा बिहीबार २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ९ हजार ५ सय १० पिसिआर परिक्षणका क्रममा २ सय ४१ जना र २ हजार १ सय १६ एन्टीजेन परिक्षणका क्रममा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २२ हजार ७ सय ५६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा ११ हजार ५ सय ८१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    त्यस्तै थप २ सय ६३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ९ हजार ९ सय २२ संक्रमित निको भएका छन् ।

    हाल नेपालमा ५ हजार १ सय ६१ सक्रिय संक्रमित आइशोलेशन र ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology