Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन

प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ४, २०७७ बिहिवार • ०९:०४:१५ बजे
  • 997
    SHARES
  • प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन
    एक बालिकालाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ। १७ वर्षीया बालिकालाई विवाह गर्ने भनी प्रलोभन देखाइ प्रेम जालमा फसाइ बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।

    उक्त मुद्दामा प्रहरीले नुवाकोट जिल्ला तादी गाउँपालिका–३ खरानिटार स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–२ बस्ने अर्पण भनिने राजु तामाङलाई पक्राउ गरेको छ। शुरुमा प्रलोभनमा पारेर बालिकालाई काठमाडौँको गोङ्गबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक जबर्जस्ती करणी गरेको खुल्न आएको ब्युरोका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। त्यति गरेर मात्रै उनले चित्त बुझाएनन्, आफ्नो साथीमार्फत ट्याक्सी चढाइ चितवन हुँदै काँकडभिट्टाबाट सीमा कटाए। उनका सहयोगीले भारतको एक नचिनेको पुरुषलाई बालिका जिम्मा लगाएर फर्किएका थिए।

    भारतीय व्यक्तिले निज बालिकालाई अश्लिल भिडियो देखाइ मानसिक यातना दिने गरेको र रकम तिरेर किनेको भन्दै डर त्रासमा राखेर चरम यातना दिएको खुलेको छ। उनले बेलाबेलामा शारीरिक र मानसिक यातना दिँदै रोजगार लगाइदिने बहानामा भारतका विभिन्न ठाँउमा लग्ने गरेको पीडित बालिकाले बताएकी छिन्।

    त्यही सिलसिलामा बालिका पीडकको आँखा छलेर भाग्न सफल भई अपरिचित नेपालीको सम्पर्कमा पुगेको र ती नेपालीमार्फत बालिका कैलालीस्थित प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। एक संस्थाको संरक्षण केन्द्रमा राखी मनोपरामर्श सेवा प्रदान गरेपश्चात् बालिकालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

    एक वर्षअघि उक्त घटना भएको थियो। त्यसपछि उनी फरार हुँदै आएका थिए। उनका सहयोगी भने फरार छन्। उनको खोजी जारी रहेको जनाइएको छ। अभियुक्त तामाङविरुद्ध साउन २९ मा नै ब्युरोमा कारवाही गरी पाउँ भनी जाहेरी परेको थियो। अर्पण भनिने राजु तामाङलाई ब्युरोको टोलीले यही भदौ १ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले आज एक विज्ञप्तिमार्फत जनाएको छ। रासस

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology