Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जातिय विभेद कहिले सम्म ?

दलित भएर देवताको दर्शन गर्न जाने भन्दै कुटपिट ,चार जना प्रकाउ

दलित भएर देवताको दर्शन गर्न जाने भन्दै कुटपिट ,चार जना प्रकाउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ४, २०७७ बिहिवार • १३:३७:२७ बजे
  • 6.1K
    SHARES
  • दलित भएर देवताको दर्शन गर्न जाने भन्दै कुटपिट ,चार जना प्रकाउ
    जातिय विभेद गरी कुटपिट गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।  शुभकालिका गाउँपालिका ८ निवासी पदम कामीको २२ वर्षीय छोरा पंख विकलाई जातीय विभेद गरी कुटपिट गर्ने स्थानीय चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी श्यामबाबु ओलीयाले बताए ।

    पक्राउ पर्नेमा शुभकालिका गाउँपालिका ५ निवासी २६ वर्षीया कमल शाही, २७ वर्षीय युवराज शाही, वडा नं। ६ निवासी २२ वर्षीय अर्जुन शाही, वडा नं। ८ बस्ने १९ वर्षीय दिनेश सेजुवाल रहेका छन ।उनीहरु विरुद्ध जातीय भेदभाव तथा कुटपिट मुद्धा दर्ता गरी जिल्ला अदालत कालिकोटबाट १५ दिन म्याद थप गरिएको छ । घटनाको बारेमा विस्तृतरुपमा अनुसन्धान सुरु गरिएको डिएसपी ओलीयाले बताए । 

    शुभकालिका गाउँपालिका ७ मच्चेबारीमा रहेको मष्टो धवलपुराको मन्दिरमा साउन २६ गते पूजा पूजामा दर्शन गर्न जाँदा बीच बाटोमा दलित भएर देवताको दर्शन गर्न जाने भन्दै दुव्र्यवहार गरी कुटपिट गरेको डिएसपी ओलीयाले बताए ।

    घाइते पंखका बुवा पदम विकले दिएको जाहेरिका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।पीडित पंख विकको खुट्टा र शरीरका विभिन्न भागमा निल डामहरु देखिएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology