Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

दुई वटा पेस्तोल म्यागजिन र १० राउण्ड गोली सहित दुई युवा प्रकाउ

दुई वटा पेस्तोल म्यागजिन र १० राउण्ड गोली सहित दुई युवा प्रकाउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ४, २०७७ बिहिवार • १३:५६:३६ बजे
  • 2.0K
    SHARES
  • दुई वटा पेस्तोल म्यागजिन र १० राउण्ड गोली सहित दुई युवा प्रकाउ
    माछापोखरीबाट दुई वटा पेस्तोल, त्यसमा लाग्ने दुई म्यागजिन र १० राउण्ड गोली सहित प्रहरीले दुई युवालाई प्रकाउ गरेको छ ।पक्राउ पर्नेमा नुवाकोटको शिखरवेसी–६ का विकेश पण्डित र नुवाकोटको लिपु गाउँपालिका–१ घर भएका २८ वर्षीय अमर तामाङ छन् ।

    महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार तामाङले दिएको हतियार लिएर आउने क्रममा पण्डित पक्राउ परेका हुन । त्यसपछि अपराध महाशाखाले प्रहरी निरीक्षक भोलाकुमार भट्टको कमाण्डमा नुवाकोटमा टोली पठाएर तामाङलाई उनकै घरबाट पक्राउ गरेको बताए ।

    तामाङ डाँका सम्बन्धी मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत २२ फागुनमा छुटेका व्यक्ति हुन् । पक्राउ परेपछि बयान दिँदै उनले बरामद हतियार हातहतियार तथा खरखजना र डाँका सम्बन्धी मुद्दामा सँगै कारागारमा रहेका धनुषाका शम्भु कार्कीको भएको बताएका छन् ।

    कार्कीले नै बरामद हतियार लागूऔषध मुद्दामा कारागारमा रहेका राजकुमार गुरुङलाई राख्न दिएको खुलेको छ । उनले बालाजुका एक होटल सञ्चालकलाई हतियार राख्न दिएका थिए ।

    होटल साहुले लुकाएर हतियार राखेको स्थान तथा व्यक्ति थाहा छ भनेर विनोद भन्ने व्यक्तिले भनेपछि हतियार पण्डितलाई दिनु भनेको तामाङले खुलाएका छन् । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology