मयूरपाटी- पश्चिम रुकुम चौरजहारीको सामुहिक नरसंहार लगाएत देशको बिभिन्न ठाँउमा गरिएका क्रुर हत्याको बिरुद्द संयुक्तराजनीतिक दलित संघर्ष समिती म्याग्दी र दलित युवा संजाल म्याग्दीको संयुक्त आयोजनामा बिरोध र्याली तथा सभा सम्पन्न भएको छ।

गाँउ गाँउ बाट आएका दलित तथा गैरदलित समुदायका मानिसहरुको र्यालीले सदरमुकाम बेनी बजार परिक्रमा गरी पिडितहरुलाई न्यायतथा अपराधीहरुलाई कडा सजायको माग गर्दै नारा लगाएका थिए ।र्याली पश्चात गरिएको बिरोध सभामा बोल्दै स्वतन्त्र दलित अधिकारकर्मी लालु किसानले रुकुम सहित देशका बिभिन्न ठाँउमा भएकोजातिय विभेद र त्यस्ले निम्ताएको जघन्य अपराधहरुमा राज्यको भुमिका असाध्यै गैरजिम्मेवार रहेको र राज्यको यस्तै रबैया रहिरहने होभने नयाँ संघर्षको बिकल्प नभएको बताउनु भयो।

यसै गरी सभालाई सम्बोधन गर्दै दलित युवा संजालका केन्द्रीय अध्यक्ष पुष्कर बिकलेजात ब्यबस्थाका बिरुद्द अब युवाहरु संगठित रुपमा संघर्षमा लाग्नु पर्ने बताउनु भयो कार्यक्रममा दलित अधिकारकर्मीहरु कृष्ण बिक गब्बे परियार बालकुमार लामीछाने तथा गैरदलित समुदायको तर्फ बाट अधिकारकर्मी उषा घिमीरे लगाएतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रम दलित युवा मन्च म्याग्दीका अध्यक्ष किसान बि क को संचालन तथा दलित राजनितिक संघर्ष समिती म्याग्दीका अध्यक्ष यामकिसानको अध्यक्षतामा सम्पन्न भएको अधिकारकर्मी टेक बहादुर बिकले मयुरपाटीलाई जानकारी गराउनु भयो।