Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना कहर

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०७७ शुक्रवार • १०:५१:०१ बजे
  • 931
    SHARES
  • बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमितको मृत्यु
    रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको शुक्रबार बिहान ६ बजे मृत्यु भएको हो ।ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिए । ‘प्रेसरको औषधि सेवन गरिरहनुभएको रहेछ,’ उनले भने, ‘गएरातिबाट बढी नै समस्या भएको थियो ।’

    साउन अन्तिम साता भारतबाट आएका ती व्यक्ति स्थानीय क्वारेन्टाइनमा बसेका थिए । त्यही क्रममा पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै स्वास्थ्यमा समस्या देखिएपछि बुटवल ल्याएर आईसीयूमा उपचार भइरहेको थियो । यससँगै उक्त अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ३ पुगेको छ । अस्पतालमा हाल आईसीयूमा ११ जना उपचाररत छन् भने आइसोलेसनमा २० जना रहेको थापाले जनाए ।
    उनको शवको व्यवस्थापन नेपाली सेनाले गर्ने तयारी गरेको डा. थापाले बताए । हिजो नै रुपन्देहीको देवदहमा पनि एक पुरुषको कोरोना कारणले मृत्यु भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology