Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

“कोरोना लागि सकेपछि बाँचौँला जस्तो लागेको थिएन, तर निको भएर घर फर्किँदा निकै खुसी छु।” 

“कोरोना लागि सकेपछि बाँचौँला जस्तो लागेको थिएन, तर निको भएर घर फर्किँदा निकै खुसी छु।” 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७७ शनिवार • १२:१८:२३ बजे
  • 3.3K
    SHARES
  • “कोरोना लागि सकेपछि बाँचौँला जस्तो लागेको थिएन, तर निको भएर घर फर्किँदा निकै खुसी छु।” 
    “कोरोना लागि सकेपछि बाँचौँला जस्तो लागेको थिएन, तर निको भएर घर फर्किँदा निकै खुसी छु।” 

    कास्की पोखरा महानगरपालिका–१९ लामाचौरकी ८८ वर्षीया देवीकुमारी गुरुङले खुशी हुँदै यस्तो अनुभव सुनाइन्। 

    कोरोना संक्रमण भई पोखरा–३१ मोहोरियास्थित प्रदेश संक्रमण तथा सरुवा रोग अस्पतालमा गएको २६ साउनमा भर्ना भएकी गुरुङ ३२ साउनमा निको भइन्।

    कोरोनामुक्त भएपछि हर्षित हुँदै भनिन्, “बूढेसकालको शरीर कोरोनाजस्तो डर लाग्दो रोग लागेपछि घर फर्कने आश मारेकी थिएँ। अस्पतालका नानीबाबुको माया एवं व्यवहारले आत्मविश्वास बढ्यो र रोगलाई जितेर अहिले पुनर्जीवन पाएजस्तो लागेको छ।” 

    विदाइ कार्यक्रममा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश विधायन समितिका सभापति मोहन रेग्मी, गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्मा, स्वास्थ्यकर्मी, जनप्रतिनिधि सहित सञ्चारकर्मीतर्पम् फर्केर हँसिलो अनुहारमा अभिवादन गर्दै गुरुङले भनिन्, “आत्मविश्वास बढाएमा कोरोना रोग लाग्दैमा डराउनु पर्ने रहेनछ।” 

    कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल जाँदा राम्रो व्यवहार नपाउने हो कि भनेर डर लागेको उनले बताइन्। एक हप्ता अस्पतालमा उपचार गर्दा राम्रो सुविधा पाएको र निको भएको गुरुङले बताइन्। उनी सहित नौ जना निको भएर एकैपटक घर फर्किएका थिए। 

    गण्डकी प्रदेशका विभिन्न अस्पतालमा २०९ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology