Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्व हिन्दू संगठनले सुरु गर्‍यो ,जातीय विभेद विरुद्धको अभियान

विश्व हिन्दू संगठनले सुरु गर्‍यो ,जातीय विभेद विरुद्धको अभियान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७७ शनिवार • २३:५०:०९ बजे
  • 2.0K
    SHARES
  • विश्व हिन्दू संगठनले सुरु  गर्‍यो ,जातीय विभेद विरुद्धको अभियान

    मुलुकभरका गुरुकुलमा दलित समुदायले पनि संस्कृत वेद पूराण पढ्न पाउनुपर्ने भन्दै बागलुङमा आवाज उठ्न थालेको छ ।

    images

    जातीय विभेदका आधारमा अहिलेसम्म दलित समुदायले इच्छा भएपनि वेद पूराण पढ्न नपाएका भन्दै विश्व हिन्दू संगठनले एक विज्ञप्ती जारी गर्दै औपचारिक रुपमा नै जातीय विभेद विरुद्धको अभियान सुरु गरेको हो ।

    धर्म, संस्कृति एवं परम्पराको संरक्षणमा क्रियाशील यस संगठनले विभिन्न सम्प्रदाय र परम्पराको आडमा वेद र पूराणको नीतिविरुद्ध संस्कृत गुरुकुलमा जातीय विभेद भएको औंल्याएको छ । धर्ममा जातीय विभेदका कुरा नलेखेको भएपनि कतिपय संस्कृत गुरुहरुले नै झुठा प्रचार गरी विभेद कायम राखेको दलित अधिकारकर्मीहरुको आरोप छ ।

    विश्व हिन्दू संगठन दक्षिण एशियाका प्रमुख चन्द्रकान्त पौडेलले वेद र पूराणले कुनै जातीय, वर्गीय, भौगोलिक, लैंगिक, धार्मिक, राजनीतिक तथा साम्प्रदायिक भेदभावलाई स्वीकार नगर्ने भएकाले सबै जातजातीले संस्कृत गुरुकुलमा पढ्न पाउनुपर्ने बताउनुभयो ।

    वेदलाई आफ्नो धर्मग्रन्थ मान्ने हिन्दुहरुले नै बिकृती विसंगतिलाई प्रसय दिनु गलत भएको पौडेलको भनाइ छ । ‘क्षत्रीय कुलका राम वशिष्ठको गुरुकुलमा पढ्थे, यादव वंशी कृष्ण बलराम महर्षी सान्दीपनिको गुरुकुलमा पढ्थे, दासी पुत्र विदुर वैदिक वाङ्म्यका प्रखर वक्ता थिए’, उनले भने ‘उनको विदूर नीति प्रसिद्ध छ, यस्ता अनेकौं उदाहरणले नेपालका गुरुकुलमा जातीय विभेद भएको स्पष्ट हुन्छ’ ।

    पौराणिक मान्यता अनुसार ऋषिहरुका गुरुकुलमा कुनै जातीय विभेद थिएन । पहिले सबै जातजातीका मानिसहरुले संस्कृत पढ्ने गरेको भएपनि समय अनुसारका परिवर्तित गुरुहरुले गलत ब्याख्या गर्दै आएको संगठनको आरोप छ ।

    नेपालका गुरुकुलमा अशास्त्रीय, अमानवीय र अव्यवहारिक एवं अवैदिक कर्म भएको भन्दै यसमा सरकारले गम्भीरतापूर्वक विचार गर्नुपर्ने संगठनले विज्ञप्ती मार्फत माग गरेको छ ।

  • सम्बन्धित विषय:

  • # जातिय बिभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology