पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अपतालको इमर्जेन्सी विभागमा कार्यरत १ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माका अनुसार उनी ३९ वर्षीय पुरुष हुन् । केहीदिन देखि होटल क्वारेन्टिनमै बस्दै आएका उनमा कोरोना पुष्टि भएसँगै अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको उनले बताए ।
योसँगै गण्डकीमा १ हजार ८ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० र क्षयरोग उपचार केन्द्र पोखरामा ३ सय ६३ गरी ४ सय १३ वटा नमूना परीक्षण भएको निर्देशनालयले जनाएको छ ।
सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ | सबै व्यक्तिहरु contact tracing मार्फत पहिचान भएका हुन ।जसमा कास्की जिल्ला, पोखरा महानगरपालिका-१६ का संक्रमित पुरुष ट्याक्सी चालक हुन |