Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पिएसजीलाई १–० को साँघुरो गोलअन्तरले हराउँदै बायर्न म्युनिख छैटौं पटक युरोपियन लिग च्याम्पियन

पिएसजीलाई १–० को साँघुरो गोलअन्तरले हराउँदै बायर्न म्युनिख छैटौं पटक युरोपियन लिग च्याम्पियन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७७ सोमवार • ०९:२४:४६ बजे
  • 1.5K
    SHARES
  • पिएसजीलाई १–० को साँघुरो गोलअन्तरले हराउँदै बायर्न म्युनिख छैटौं पटक युरोपियन लिग च्याम्पियन
    एजेन्सी- । जर्मन बुन्देसलिगा च्याम्पियन क्लब बायर्न म्युनिखले छैटौंपटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । प्रतियोगिता अन्तर्गत सिजन २०१९२० को फाइनलमा बायर्नले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पिएसजीलाई १–० को साँघुरो गोलअन्तरले हराउँदै छैटौं पटक च्याम्पियन बन्न सफल भएको हो ।

    नेपाली समयअनुसार सोमबार बिहान पोर्चुगलको लिस्बन सहरमा भएको फाइनलमा बायर्नले दोस्रो हाफमा गरेको एक मात्रै गोलको मद्दतमा जित निकाल सफल भएको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । पहिलो हाफमा दुवै टोलीले केही राम्रा मुभहरु बनाएका पनि गोल भने गर्न सकेन ।

    दोस्रो हाफमा भने बायर्नका फ्रेन्च खेलाडी किङ्स्ले कोमान नायक बने । उनले खेलको ५९औं मिनेटमा हेडिङमार्फत् गरेको गोलले नै बायर्नलाई उपाधि दिलाउन निर्णायक सावित बन्यो । जोसुवा किमिचको सुझबुझपूर्ण एरियल पासमा डीबक्समा निगरानीमा रहेका कोमानले हेडिङ गर्दै पिएसजीकाे गोलपोस्टमा बल छिराएका थिए । उक्त बललाई गोलकिपर नाभासले रोक्ने कुनै मौका नै पाएनन् ।

    सो गोलपछि बायर्नले खेलमा थप गति बढाएपनि गोल भने थप्न सकेन । यता, इतिहासमा पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगे पनि पहिलो उपाधि जितेर इतिहास रच्नबाट पिएसजी चुक्यो । पिएसजीले दोस्रो हाफमा गोलका केही राम्रा अवसरहरु सिर्जना गरे पनि गोल फर्काउन नसक्दा उपाधि जित्ने सपनामाथि तुषारापात भयो ।

    यसपटक पिएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि दिलाउने नेयेमार र क्लियन एम्बाप्पेको सपना पनि अधुरै रह्यो । उक्त उपाधिसँगै बायर्नले भने यस सिजन समूह चरणदेखि फाइनलसम्म खेलेका सबै खेलमा शतप्रतिशत जितको नतिजा निकाल्दै उपाधि जित्न सफल भयो । च्याम्पियन्स लिगको इतिहासमा यो दुर्लभ रेकर्ड समेत हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology