Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लमजुङमा पनि थप पाच दिन निषेआज्ञा , भदौ १२ गते राती १२ बजे सम्मलाई निरन्तरता

लमजुङमा पनि थप पाच दिन निषेआज्ञा , भदौ १२ गते राती १२ बजे सम्मलाई निरन्तरता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ८, २०७७ सोमवार • १०:०४:२१ बजे
  • 1.6K
    SHARES
  • लमजुङमा पनि थप पाच दिन निषेआज्ञा , भदौ १२ गते राती १२ बजे सम्मलाई निरन्तरता
    लमजुङमा पनि थप पाच दिन निषेआज्ञा थपिएको छ । लमजुङमा ५ दिनदेखी जारी निषेधाज्ञालाई भदौ १२ गते राती १२ बजे सम्मलाई निरन्तरता दिएसँगै थप ५ दिन निषेधाज्ञा हुने भएको छ ।

    गत भाद्र ३ गतेबाट निषेआज्ञा थपिएको लमजुङमा संकट ब्यबस्थापन केन्द्रको बैठकले थप ५ दिन निरन्तरता दिईएकोे हो ।  

    प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माका अनुसार बैठकले अत्याबश्यक काम बोहक घरबाहिर निस्कन तथा हिडडुल गर्नलाई यसअघि रोक लगाएकोमा यस अघिका सबै निर्णयलाई निरन्तरता दिएको छ ।

    मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस गर्न, दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु, एम्बुलेन्स, दमकल, शवबाहन, खाद्यासामग्री पशुपंक्षीका दाना, तरकारी, फलफुल, दुधजन्य उत्पादन,माछा,मासु, पानी बोक्ने साधन, निर्माण सामग्री ढुवानी गर्ने साधन, मालवाहक सवारी साधन, अत्यावश्यक सेवा र सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी साधनहरु बाहेकका यात्रुबाहक सार्वजनिक तथा निजी सवारी सााधनहरु सञ्चालनमा रोक लगाइएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology