Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुख्य नाका धौलागिरी गेटमा सुरक्षापोष्ट राखेर प्रबेश गर्ने नाकामा कडाई

मुख्य नाका धौलागिरी गेटमा सुरक्षापोष्ट राखेर प्रबेश गर्ने नाकामा कडाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७७ सोमवार • १०:२०:०४ बजे
  • 1.5K
    SHARES
  • मुख्य नाका धौलागिरी गेटमा सुरक्षापोष्ट राखेर प्रबेश गर्ने नाकामा कडाई
    पर्वत प्रबेश गर्ने मुख्य नाका धौलागिरी गेटमा सुरक्षापोष्ट राखेर चेकजाँचलाई कडा बनाइएको छ  । समुदायमा कोरोना संक्रमण देखिएपछि अन्य जिल्लाबाट प्रबेश गर्ने नाकामा कडाई गर्न थालिएको हो ।

    पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले पर्वतसँग सीधा सवारी आवतजावत हुने जिल्लाबाट प्रबेश गर्ने अत्यावश्यक बाहेक सबै सवारी साधनलाई गेटमै रोक्ने गरि चेकपोष्ट स्थापना गरिएको बताए ।गेटमा चौबिसै घण्टा प्रहरीले सवारी साधन र आवतजावत चेक गर्नेछ । अत्यावश्यक बाहेक सबै सवारी साधन र यात्रुलाई फिर्ता पठाउने उनले बताए ।

    जिल्लामा कोरोनाको संक्रमण समुदायमा गए नगएको पत्ता लगाउन समुदायमा पुगेर फरक फरक पेसा व्यवसायमा संलग्न रहेकाहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। जलजला गाउँपालिकाबाट पठाइएका ६८ वटा नमुना, कुस्मा नगरपालिकामा लिइएका १ सय १७ र मोदी गाउँबाट पठाईका ५८ सहित अन्य क्षेत्रबाट पठाइएको २ सय ९६ वटा स्वाब परिक्षण गरिएको थियो ।

    विभिन्न कार्यक्रममा आउजाउ गर्ने जनप्रतिनिधि, कर्मचारी, भिडभाड हुने किराना पसलका सञ्चालक, ट्याक्सी चालक, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, वर्कसपमा कार्यरत मजदुर, होटेल सञ्चालक तथा त्यहाँ काम गर्ने कर्मचारी, पेट्रोल पम्पमा काम गर्ने कर्मचारी, क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, हार्डवेयर पसलका सञ्चालक र सर्वसाधारण गरी उच्च जोखिममा रहेकाहरुको प्राथमिकीकरण गरी स्वाब संकलन गरिएको थियो।

    कुल १ सय ५ जनामा संक्रमण रहेको पर्वतमा १ सय १ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। पर्वत कोरोना अस्पताल (अस्थायी) मा अब ४ जनाको मात्र उपचार चलिरहेको छ।

    पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। शिशिर देवकोटाका अनुसार बाँकी रहेका ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। ‘उहाँहरु ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। कोरोना सङ्क्रमणको अवस्थामा देखा पर्ने कुनै पनि लक्षण देखिएका छैनन

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology