Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युवा आवाज

म्याग्देली युवा आवाज आएरल्याण्ड द्वारा पहिरो पीडितको लागी आर्थिक संकलन, छिट्टै सहयोग वितरणको तयारीमा

म्याग्देली युवा आवाज आएरल्याण्ड द्वारा पहिरो पीडितको लागी आर्थिक संकलन, छिट्टै सहयोग वितरणको तयारीमा

पूर्ण विक पहाडी

पूर्ण विक पहाडी

भाद्र ८, २०७७ सोमवार • १२:२१:५७ बजे
  • 2.4K
    SHARES
  • म्याग्देली युवा आवाज आएरल्याण्ड द्वारा पहिरो पीडितको लागी आर्थिक संकलन, छिट्टै सहयोग वितरणको तयारीमा
    मयूरपाटी - म्याग्देली युवा आवाज आएरल्याण्डले पहिरो पीडितको लागी आर्थिक संकलन गरेको छ ।

    म्याग्देली युवा आवाज आएरल्याण्डका संयोजक बेनि नगरपालिका ४ सिंगा स्थाइ घर भएका राज इन्द्र पौडेलको संयोजकत्वमा २ लाख ८१ हजार २८१ आर्थिक संकलन भएको जानकारी दिए ।

    अहिलेसम्म म्याग्देली युवा आवाजले ८,५०,००० ।- संकलन भएको जनाएको छ । संकलन सहयोगलाई छिट्टै वितरणको तयारी रहेको म्याग्देली युवा आवाजका आर्थिक संयोजक दिनेशजँग कटुवालले मयूरपाटी अनलाइनलाई बताउनु भयो । 

    म्याग्देली युवा आवाजले विगतमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ । विश्व भर छरिएर रहेका म्याग्देली युवाहरूलाई समेटेर जिल्लामा हुने बिकृती विसंगति विरुद्ध खबरदारी गर्दै । 

    युवाहरूलाई समाज प्रती जिम्मेवारी भएर सुसभ्य समाजको निर्माण गर्ने उदेश्यले सुरु भएको म्याग्देली यूवा आवाजले म्याग्दीमा बाढीपहिरो पीडितलाई  पहिला पनि २ लाख सहयोग गरेको थियो । 


    म्याग्देली युवा आवाजले म्याग्दीमा विभिन्न सामाजिक काम गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # म्याग्दी
  • पूर्ण विक पहाडी

    मयूरपाटी डिजिटल पत्रिकाकाे प्रबन्ध निर्देशक: पुर्ण ब. बिश्वकर्मा 'गोतामे' (पहाडी ) हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology