गण्डकी प्रदेशमा मगलबार थप १७ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य निर्देशानलयले जारी गरेको दुई वटा विज्ञप्तीमा पहिलोमा पोखरा महानगरपालिकाका ४ जना र दोस्रो विज्ञप्तीमा पोखरा महानगरपालिकाका ७ र तनहुँका ६ जना गरी १७ जनामा कोरोना पुष्टी भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पाेखरा महानगर वडा नम्बर १३ का २ पुरुष, वडा नम्बर २८ का १ पुरुष र वडा नम्बर २९ की १ महिला छन् ।
वडा नम्बर १३ का संक्रमित भारतबाट आएका हुन् भने वडा नम्बर २८ र २९ का २ जना संक्रमितकाे सम्पर्कमा आएका रहेकाे निर्देशनालयले जनाएकाे छ । पाेखरा महानगरकाे वडा नम्बर ४ मा २ जना, ५ मा २ जना, ७ मा १ जना, १० मा १ जना र १४ मा १ जना नयाँ संक्रमित थपिएका हुन् ।
गण्डकी प्रदेशमा हालसम्म १ हजार ९ सय ८ जनामा काेराेना पुष्टि भएकाे छ । हालसम्म १ हजार ६ सय ३९ जना निकाे भएका छन् भने ७ जनाकाे मृत्यु भएकाे छ ।
मंगलबार विहान पाेखरामा काेराेना संक्रमित भनेर तथ्याङ्क दिएका ४ जना मध्ये १ जना पत्रकार हुन् ।स्थानीय रेडियाे र पत्रिकामा रिपाेर्टिङ गर्ने ती पत्रकार युवा छन् । उनीमा संक्रमणकाे कुनै लक्षण नभएकाे तर कन्ट्रयाक ट्रेसिङका आधारमा परिक्षण गर्दा पाेजिटिभ देखिएकाे पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
अहिले उनी कार्यरत एफएममै छन् । उनले काेराेना महामारी फैलिएपछि एफएमकाे कार्यलय मै आवाशीय रुपम बसेर काम गरिरहेका थिए ।
