नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा ८ सय ५५ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ८ सय ५५सहित देशभर संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये १९ हजार १ सय १९ जना निको भएर घर फर्किएका छन् भने १ सय ६४ जनाको ज्यान गएको छ ।