Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा ११ स्थित साइ अर्चना अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना पुष्टी

पोखरा ११ स्थित साइ अर्चना अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना पुष्टी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १०, २०७७ बुधवार • ११:१८:०० बजे
  • 5.2K
    SHARES
  • पोखरा ११ स्थित साइ अर्चना अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना पुष्टी
    पोखरा महानगरपालिका वडा नं ११ स्थित साइ अर्चना अस्पतालमा कार्यरत एक जनामा पनि कोरोना पुष्टी भएको छ ।

    स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माका अनुसार् पोखराको साई अर्चना अस्पतालका  ४६ वर्षे सुरक्षा गार्डमा कोरोना पुष्टि  हो। शनिबारदेखि ज्वरो आउन थालेपछि स्वाब परीक्षणका लागि दिएकोमा आज पोजेटिभ देखिएको हो । संक्रमितको ट्राभल हिस्ट्री छैन ।

    योसहित पोखरामा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । तीमध्ये १ सय ६९ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

    कास्कीका अर्का संक्रमित मादी गाउँपालिकाका ३९ वर्षे पुरुष हुन् । उनी दुबईबाट आएको निर्देशनालयले जनाएको छ ।

    योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १९ सय ४५ पुगेको छ । तीमध्ये १६ सय ४३ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २, स्याङ्जाका २, बागलुङ, तनहुँ, गोरखा र म्याग्दीका ११ जना छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology