Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा वार्ड न १४ र १७ मा दुइ जनामा कोरोना पुष्टी एक एक संक्रमित भारतीय सेना

पोखरा वार्ड न १४ र १७ मा दुइ जनामा कोरोना पुष्टी एक एक संक्रमित भारतीय सेना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १०, २०७७ बुधवार • १४:४५:२१ बजे
  • 1.8K
    SHARES
  • पोखरा वार्ड न १४ र १७ मा दुइ जनामा कोरोना पुष्टी एक एक संक्रमित भारतीय सेना
    आश तमु, पोखरा - गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना पुष्टी भएको छ। स्वास्थ्य निर्देशनालयले जारी गरेको तेस्रो र चौथो विज्ञप्ती अनुसार पोखरामा  पोखरामा थप २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर १४ निवासी ५८ वर्षीय पुरुषलाई र वडा न १७ का २८ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा बागलुङकी २३ वर्षीया युवतीमा पनि कोरोना पुष्टि भएको छ । त्यसबाहेक अरु प्रदेशमा गरिएको परीक्षणमा गोरखा र नवलपुरका २२ जनामा संक्रमण देखिएको छ ।

    कोरोना संक्रमण पुष्टि भएको हो । १४ निवासी ५८ वर्षीय पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका छन् । उनलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।योसंगै आज पोखरामा ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    वडा १७ का संक्रमित भारतिय सेना रहेको बुझिएको छ । वडा नं। १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीका अनुसार उनी केहिदिन अघि पोखरा आएका थिए । घरमा बस्दा परिवारलाई पनि जोखिम बढ्ने भन्दै उनी पोखरा आएदेखि नै होटलमा रुम लिएर बस्दै आएका थिए ।

    योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १९ सय ५२ पुगेको छ । तीमध्ये १६ सय ४३ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २, स्याङ्जाका २, बागलुङ, तनहुँ, गोरखा र म्याग्दीका ११ जना छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology