Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँ शुक्ला गण्डकी नगरपालिकामा आज बेलुका १२ बजेदेखि तीन दिन निषेधाज्ञा लागू

तनहुँ शुक्ला गण्डकी नगरपालिकामा आज बेलुका १२ बजेदेखि तीन दिन निषेधाज्ञा लागू

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १०, २०७७ बुधवार • १५:३४:१६ बजे
  • 3.6K
    SHARES
  • तनहुँ शुक्ला गण्डकी नगरपालिकामा आज बेलुका १२ बजेदेखि तीन दिन निषेधाज्ञा लागू
    आश तमु पोखरा - कोरोना संक्रमण सामुदाय स्तरमा देखिएको भन्दै गण्डकी प्रदेशअन्तर्गत तनहुँ शुक्ला गण्डकी नगरपालिकामा निषेधाज्ञा लागू गरिएको छ । शुक्ला गण्डकी नगरपालिकाले आज बेलुका १२ बजेदेखि लागू हुने गरी यही भदौ १३ गते बेलुका १२ बजेसम्मको लागि नगरपालिकाको सबै क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको हो ।

    आज नगरपालिकाको बैठकले सो निर्णय गर्दै अति आवश्यक काम बाहेक घर बाहिर न निस्कन आग्रह गरेका छन ।

    त्यस्तै, एम्बुलेन्स, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शववाहन, फोहोरमैला व्यवस्थापन गर्ने गाडी,सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त सवारीसाधनबाहेक सबै निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने  नगर प्रमुख किसान गुरुङ द्दारा हस्ताक्षरित बिज्ञप्तीमा जनाएको छ ।

    निषेआज्ञा अवधिभर अत्यावश्यक सेवा ,स्वास्थ्य सरसफाई विपत व्यवस्थापन सँग सम्बन्धित सेवाहरु ,स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई भौतिक दुरी कायम गरी सञ्चालन गर्ने अौषधी र अौषधी जन्य पसल र दुध जन्य पसलहरु चल्ने छन।

    तस्बिर : शुक्लागण्डकी एफएमको फेसबुकबाट
    118099426_1050577688712201_495005230584572973_o.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology