Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा दुई महिलासहित थप ११ जनाको मृत्यु

कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा दुई महिलासहित थप ११ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १०, २०७७ बुधवार • १७:३२:३९ बजे
  • 1.3K
    SHARES
  • कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा दुई महिलासहित थप ११ जनाको मृत्यु
    कोरोनाभाइरसबाट दुई महिलासहित ११ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा दुई महिलासहित थप ११ जनाको मृत्यु भएको बताए । 

    मृतकमा मोरङ र भक्तपुरका दुई जना महिला रहेका छन् । कैलालीका २, महोत्तरीका ३, बाँकेका १, काठमाडौंका १ र बाराका २ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको गौतमले बताए । 

    यसैगरी काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यतिधेरै संख्यामा काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएको यो पहिलो पटक हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology