आश तमु पोखरा - कोभिड १९ संक्रमित पोखरामा थप एक महिलाको बिहिबार बिहान निधन भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकीले जारी गरेको विज्ञप्तीमा निधन हुनेमा पोखरा महानगरपालिका वडा न ११ का ३२ वर्षिय महिला रहेका छन ।
निर्देशानलयका अनुसार भाद्र ७ गते कोरोना पोजिटिभ पुष्टी भैई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रको आईसियुमा उपचाररथ ति महिलाको आज बिहान ८ बजे निधन भएको निर्देशानयका निर्देशक पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक सह प्रा डा अर्जुन आचार्यले जानकारी दिए ।
प्रतिष्ठानमा उपचारको क्रममा निधन हुने ब्यक्ती पाचौँ हुन ।