Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना सङ्क्रमित गर्भवतीको मृत्यु

कोरोना सङ्क्रमित गर्भवतीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०७७ बिहिवार • १३:३२:२३ बजे
  • 1.2K
    SHARES
  • कोरोना सङ्क्रमित गर्भवतीको मृत्यु

    बाराको सुवर्ण गाउँपालिका—४ की कोरोना सङ्क्रमित एक गर्भवती महिलाको उपचारका क्रममा आज बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको छ ।

    images
     

    कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १० गतेदेखि अस्पतालमा उपचाररत २३ वर्षीया ती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ । ती महिला ३३ हप्ताकी गर्भवती थिइन् ।

    ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गराएका थिए । उच्च रक्तचापसमेत रहेको ती महिलाको भदौ ८ गते स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

    उपचारकै क्रममा आज बिहान साढे ६ बजे उनको मृत्यु भएको छ । मृतकको शव व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले बताए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology