प्रहरीले हिरासतमा यातना दिएको कारण एक जनाको मृत्यु भएको छ । गत साउन ३१ गते जिल्लाको गरुडा नगरपालिका ८ जिंगडियामा घाँटी रेटेर हत्या गरिएका नन्दलाल महराको २० वर्षीय छोरा निरन्जन रामको हत्याराको रुपमा सार्वजनिक गरेका ७ जना अभियुक्तमध्येका एक विजय महराको उपचारको क्रममा आज बिहान १ बजे मृत्युभएको हो ।
मृतक निरन्जन रामका आफन्तहरुले किटानी जाहेरी दिन खोज्दा प्रहरीले उजूरी लिन नमानेको र केही दलित अगुवाहरुलाई प्रहरीले नियन्त्रण लिएर धम्की समेत दिएको जनाएको छ । हत्याको मुख्य दोषीको नाममा किटानी जाहेरी गर्दा गर्दै निजलाई जोगाउन प्रहरीले उल्टै निरञ्जनका आफन्त पर्ने विजय रामलाई पक्राउ गरी चरम यातना दिएको आरोप छ ।
उनलाई हिरासतमा रहदा प्रहरीले चरम यातना दिएका कारण मृत्यु भएको राष्ट्रिय दलित नेटवर्क नेपाल केन्द्रीय समितिका अध्यक्ष गणेश बि. के. ले बिज्ञप्ती मार्फत आरोप लगाएका छन । " निज विजय रामलाई निरजनको हत्या आफूले गरेको हो भन्ने स्वीकार गर्न बाध्य पार्नका लागि प्रहरी हिरासतमा उनीमाथि चरम यातना दिइएकोले उनको मृत्युभएको जारी बिज्ञप्तीमा भनिएको छ ।।
जारी बिज्ञप्तीमा भनिएको छ । "यातनाका कारण निज विजय रामको शरीर भरि डाम हुनुकासाथै दीसा पिसाबबाट रगत आउन थालेपछि उपचारको लागि स्थानीय हस्पिटलमा लगिएको थियो । स्थानीय हस्पिटलले अन्त्यै रिफर गरेपछि वीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । निज विजय रामको प्रहरीको निगरानीमा उपचारको क्रममा हिजो राति मृत्यू भएको घोषणा गरिएको छ । प्रहरीले उपचारको क्रममा निज विजय रामलाई उनका आफन्त तथा अन्य कुनैपनि सरोकारवालहरुलाई भेटघाट गर्न दिइएको थिएन । विजयको मृत्यू भएको खबर पनि आफन्त तथा अन्य अगुवाहरुले आज विहान संचारमाध्यमबाट मात्र जानकारी पाएका थिए । यसरी नेपाल प्रहरीको हिरासतमा रहेको व्यक्तिको मृत्यू हुनु गम्भिर मानवअधिकारको हनन्को घट्ना हो । नेपाल प्रहरी जस्तो जिम्मेवार निकायबाट हुन गएको यसखाले लापर्वाही र गैरजिम्मेवारपूर्ण व्यवहारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । त्यसैले घट्नाको सत्यतथ्य छानवीन गर्न जोडदार सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछौं । "
नेशसन मेडिकल कलेज श्रोतले दिएको जानकारी अनुसार प्रहरीले बाँस, लठ्ठी, हातखुट्टाले जथाभावी प्रहार गरेको कारण महराको छाती, पेट, किड्नी लगायतका प्रमुख अंगहरुका गम्भीर चोट लागेको थियो । त्यहीँ चोटको कारण उनमा पिसाबमा रगत देखिएको थियो भने सानो आन्द्रा तथा ठुलो आन्द्रामा लागेको चोटको कारण उनलाई पखाला लागेको अनि दिशापनि रगत गइरहेको थियो ।
प्रेस विज्ञप्ति
यही २०७७ साउन ३२ गते रौतहट जिल्लाको गरुडानगरपालिका वडा नंबर ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अवस्थामा लाश भेटिएको थियो । सो लाश शंकाष्पद भएकोले मृतकका आफन्तहरुले किटानी जाहेरी दिन खोज्दा प्रहरीले उजूरी लिन मानेको थिएनन् । किटानी जाहेरी गर्न गएका केही दलित अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिई धम्की समेत दिएको थियो ।
स्थानीयहरुको ठूलो दवावपछि किटानी जाहेरी लिन प्रहरी बाध्य भएको थियो । सो दबावपछि प्रहरीले हत्याको आरोपमा विजय रामसहित सात जनालाई पक्राउ गरेको थियो । हत्याको मुख्य दोषीको नाममा किटानी जाहेरी गर्दा गर्दै निजलाई जोगाउन प्रहरीले उल्टै निरञ्जनका आफन्त पर्ने विजय रामलाई पक्राउ गरी चरम यातना दिएको स्थानीयको आरोप छ ।
विजय राम घाटी रेटी हत्या गरिएका निरञ्जनका आफन्त हुन । निज विजय रामलाई निरजनको हत्या आफूले गरेको हो भन्ने स्वीकार गर्न बाध्य पार्नका लागि प्रहरी हिरासतमा उनीमाथि चरम यातना दिइएको थियो । यातनाका कारण निज विजय रामको शरीर भरि डाम हुनुकासाथै दीसा पिसाबबाट रगत आउन थालेपछि उपचारको लागि स्थानीय हस्पिटलमा लगिएको थियो । स्थानीय हस्पिटलले अन्त्यै रिफर गरेपछि वीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । निज विजय रामको प्रहरीको निगरानीमा उपचारको क्रममा हिजो राति मृत्यू भएको घोषणा गरिएको छ ।
प्रहरीले उपचारको क्रममा निज विजय रामलाई उनका आफन्त तथा अन्य कुनैपनि सरोकारवालहरुलाई भेटघाट गर्न दिइएको थिएन । विजयको मृत्यू भएको खबर पनि आफन्त तथा अन्य अगुवाहरुले आज विहान संचारमाध्यमबाट मात्र जानकारी पाएका थिए । यसरी नेपाल प्रहरीको हिरासतमा रहेको व्यक्तिको मृत्यू हुनु गम्भिर मानवअधिकारको हनन्को घट्ना हो । नेपाल प्रहरी जस्तो जिम्मेवार निकायबाट हुन गएको यसखाले लापर्वाही र गैरजिम्मेवारपूर्ण व्यवहारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । त्यसैले घट्नाको सत्यतथ्य छानवीन गर्न जोडदार सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछौं ।
यसअघि धनुषाका शम्भु सदा र सिन्धुपाल्चोकका चन्द्रबहादुर मग्राती (सार्की) को पनि प्रहरी हिरासतमा शंकाष्पद मृत्यू भएको थियो । रुकुमपश्चिम नरसंहारपछि तराई मधेशमा एकपछि अर्को हत्याका घट्नामा आएको बृद्धि र इलाम, झापा, कैलाली, कालिकोटलगायतका स्थानमा घटेका घट्नाहरुप्रति गम्भिर भएर आवश्यक कदम चाल्न नेपाल सरकारलाईृ जोडदार माग गर्दछौं ।
गणेश बि. के.
केन्दीय अध्यक्ष
मिति ः २०७७ भाद्र ११ गते