Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना पुष्टी ,संक्रमितको संख्या २ हजार ५

गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना पुष्टी ,संक्रमितको संख्या २ हजार ५

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ११, २०७७ बिहिवार • १८:१२:०० बजे
  • 1.6K
    SHARES
  • गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना पुष्टी ,संक्रमितको संख्या २ हजार ५
    आश तमु, पोखरा - गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना पुष्टी भएको छ  । नवलपरासी पुर्वमा २५ र पोखरामा १ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ  ।नवलपुरको गैंडाकोट नगरपालिकाका १७, कावासोती नगरपालिकाका ७ र विनयी त्रिवेणी गाउँपालिकाका ३ जनामा पोजेटिभ देखिएको हो । सबै व्यक्तिहरु  Contact tracing बाट पहिचान भएकाहरु हुन ।

    यस्तै पोखरा महानगरपालिका वडा न १६ का  ७६ बर्षीय पुरुषमा पोजिटिभ देखिएको हो ।पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ईमर्जेंसीमा उपचारको लागि आएका उनमा कोरोना परिक्षण गर्दा पोजिटिभ देखिएको हो ।
     
    वहाँलाई अहिले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आईसोलेसन केन्द्रमा राखिएको छ |

    योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ पुगेको छ । संक्रमितमध्ये १६ सय ७२ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology