Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जङ्गली साग खाँदा बागलुङ काठेखोला बिहुँका एकै परिवारका पाँच जना गम्भीर बिरामी ,थप उपचार पोखरामा हुदै

जङ्गली साग खाँदा बागलुङ काठेखोला बिहुँका एकै परिवारका पाँच जना गम्भीर बिरामी ,थप उपचार पोखरामा हुदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७७ शुक्रवार • ०९:२६:१५ बजे
  • 1.5K
    SHARES
  • जङ्गली साग खाँदा बागलुङ काठेखोला बिहुँका एकै परिवारका पाँच जना गम्भीर बिरामी ,थप उपचार पोखरामा हुदै
    बलेवा– जङ्गली साग खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँको एकै परिवारका पाँच जना गम्भीर बिरामी परेका छन्।

    स्थानीय भाषामा झिरे नाम गरेको साग खाएका बिहुँको रिजालचोकका चूडामणि कँडेलको परिवार बिरामी परेको हो। उनीहरु अर्धचेत अवस्थामा रहेको धौलागिरि अस्पताल बागलुङले जनाएको छ।

    बुधबार साँझ गाउँकै एक वृद्धले दिएको साग खाएका उनीहरु रातिदेखि नै बिरामी परेपछि बिहीबार धौलागिरि अस्पताल बागलुङमा ल्याइएको थियो। चारै जना अर्धचेतावस्थामा रहेकाले थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले बताए।

    बिरामी पर्नेमा कँडेलकी ७२ वर्षीया आमा, ३८ वर्षीया श्रीमती र १९ वर्षीय छोरा छन्।

    ‘बिरामी भएर स्वास्थ्यचौकी पुगेको भन्ने जानकारी मात्रै मैले पाएँ, सबै परिवारको नाम भन्न सकिएन’, वडाध्यक्ष शिवप्रसाद कँडेलले भने, ‘चूडामणिजीको परिवारले छिमेकीले दिएको जङ्गली साग खाएको भन्ने मात्रै सुनेँ।’

    कँडेल परिवारलाई जङ्गली साग दिएका स्थानीय भारतीय पूर्वसैनिक वृद्धसमेत अर्धचेतावस्थामै रहेको उनले बताए। घटनाका विषयमा प्रहरीलाई जानकारी गराइएको उनले बताए।

  • सम्बन्धित विषय:

  • # साग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology