Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा ५ सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि ,पोखरामा संक्रमित दुई जना प्रहरी

पोखरामा ५ सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि ,पोखरामा संक्रमित दुई जना प्रहरी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १२, २०७७ शुक्रवार • १२:४१:५८ बजे
  • 1.7K
    SHARES
  • पोखरामा ५ सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि ,पोखरामा संक्रमित दुई जना प्रहरी
    आश तमु पोखरा - पोखरा महानगरपालिकामा ५ सहित गण्डकी प्रदेशमा थप २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका १७ का २ जना २८ र २९ वर्षीय पुरुष रहेका छन् ।

    उनीहरु प्रहरी रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । साथै पोखरा ३० की ५० वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    यसै गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरा महानगरपालिका १६ का ५२ र ६८ वर्षीय वृद्धलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।उनीहरु पोखरा कै फिस्टेल अस्पतालमा उपचार भइरहँदा कोरोना भाइरसको लक्षण देखिएको थियो । लक्षण देखिएसंगै परीक्षण गर्दा दुवै वृद्धलाई कोरोना पुष्टि भएको हो ।

    यता भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणका क्रममा नवलपरासी (ब।सु।पू) गैंडाकोट नगरपालिका वडा नम्बर ८ का २९ वर्षीय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी कलेज अफ मेडिकल साइन्स भरतपुर चितवनमा कार्यरत चिकित्सक हुन् ।
    योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार २५ पुगेको छ ।
    118282213_180412446799874_5820798944808546325_o.jpg
    118692302_180420820132370_5276105982517188482_o.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology