आश तमु पोखरा - पोखरामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । आज बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका १६ का ५२ वर्षे पुरुषको मृत्यु भएको हो ।
उनमा कोभिडसँगै उच्च रक्तचाप र मधुमेहको समस्या रहेको स्वास्थ्य निर्देशानलयले जनाएको छ । यसअघि बिहीबारमात्रै पोखरा १२ बस्ने ३२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो ।
आज बिहान मात्रै कोरोना पुष्टी भएका दुई पुरुषलाई फिस्टेल अस्पतालवाट पोखरा कोभिड कोभिड उपचार केन्द्र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।