आश तमु पोखरा - पोखरा महानगरपालिकामा थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका पाेखरा १६ का ४ जना, २का एक जना,११ का एक जना , १४ का २ जना ३ का एक जना ,१ का एक जना र ५ का एक जना रहेका छन्।
पोखरा महानगरपालिका १ का संक्रमित व्यक्ति मोबाईल पसलका संचालक हुन | २ का संक्रमित व्यक्ति कामना बिकाश बैंक, दिप शाखामा र पोखरा महानगरपालिका-३ का संक्रमित व्यक्ति एभरेस्ट बैंक, अमरसिंह चोक शाखामा कार्यरत हुन |
पोखरा महानगरपालिका-५ का संक्रमित व्यक्ति पोखरा औधोगिक क्षेत्रमा कार्यरत हुन |
पोखरा महानगरपालिका-१४ का ३५ बर्षीय संक्रमित व्यक्ति ईन्जिनियरिंग कन्सल्टेन्सीमा कार्यरत हुन भने पोखरा महानगरपालिका-त्यसैगरी अन्य सबै व्यक्तिहरु कन्ट्याक्ट् ट्रेसिङका अाधारमा पहिचान भएका ब्यक्ति रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
शुक्रबार दिउँसो सम्म मात्रै पाेखरामा १६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ भने एक जनाकाे मृत्युु भएको छ।
