गण्डकीमा शुक्रबार साँझ थप २९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा गण्डकी प्रदेशको कास्की, लमजुङ र नवलपुरका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
पुष्टी हुनेमा लमजुङ बेसीसहरमा कार्यरत २० प्रहरी, बेसीसहरका एक थुनुवा, लमजुङ सामुदायिक अस्पतालमा कार्यरत ४७ वर्षीय महिला र ५१ वर्षीय पुरुष तथा राइनासका २१ वर्षीया महिला रहेका छन ।
स्वास्थ्य निर्देशनालय गण्डकीको पछिल्लो अपडेट अनुसार मणिपालमा कार्यरत २६ वर्षीय डाक्टरलाई संक्रमण देखिएको हो ।
यसै गरी नवलपुर देवचुलीको ५४ वर्षीया महिला स्वास्थ्यकर्मी, मध्यविन्दु का ३४ वर्षीय पुरुष तथा कावासोतीका ३४ र ७० वर्षीया महिलामा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ५६ पुगेको छ ।
