Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाल्पामा कोरोना संक्रमित विरामी महिलाको मृत्यु

पाल्पामा कोरोना संक्रमित विरामी महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७७ शनिवार • ०९:१९:१३ बजे
  • 1.7K
    SHARES
  • पाल्पामा कोरोना संक्रमित विरामी महिलाको मृत्यु
    पाल्पामा कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । लुम्विनी मेडिकल कलेजमा उपचाररत तानसेन ८ मदनपोखरा, पीपलडाँडा निवासी ३० बर्षिय महिलाको कोरोनाको कारण मृत्यु भएको हो ।

    गत भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेको आइसोलेशन सेन्टरमा उपचार भैइरहेको ती महिलाको शुक्रवार साझँ निधन भएको हो ।

    महिलामा मुटु सम्बन्धि समस्या पहिलैदेखि रहेको थियो । उहाँ मुटुको उपचारको लागि अस्पताल आउँदा कोरोनाको लक्षण समेत देखिएकाले उपचारको क्रममा कलेजले स्वाव संकलन गरेको थियो ।

    महिलालाई मेडिकल कलेजको आइसोलेशनमा राखेर उपचार भैरहेकोमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेको र आज साँझ निधन भएको मेडिकल कलेजले जानकारी दिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology