Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमणबाट वीरगन्जमा थप तीन जनाको मृत्यु

कोरोना संक्रमणबाट वीरगन्जमा थप तीन जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७७ शनिवार • ०९:४८:३० बजे
  • 973
    SHARES
  • कोरोना संक्रमणबाट वीरगन्जमा थप तीन जनाको मृत्यु
    पर्सा- कोरोना संक्रमणबाट वीरगन्जमा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ६५ वर्षीय महिला तथा ४३ वर्षीय र ३७ वर्षीय दुई पुरुष रहेका छन् ।

    काेराेनाबाट वीरगन्ज महानगरपालिका वडा नं। १२ बस्ने ६५ वर्षीय महिला, सोही ठाउँ बस्ने ४३ वर्षीय पुरुष तथा वीरगन्ज महानगरपालिका वडा नंं। २६ मनियारी बस्ने ३७ वर्षीय पुरुषकाे मृत्यु भएकाे हाे ।

    उच्च रक्तचापको समस्याबाट पीडित महिलाको शुक्रबार साँझ साढे ५ बजेको समयमा मृत्यु भएको हो । मृतक महिलामा ‘वाइड जिन एक्स्पर्ट’ विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यसैगरी वीरगन्ज महानगरपालिका वडा नं। १२ बस्ने ४३ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार राति करिब ११ः५५ बजेको समयमा मृत्यु भएको हो। एचआईभी र हेपाटाइटिस बीले ग्रसित उक्त पुरुषको नेशनल मेडिकल कलेजमा उपचार भइरहेकोमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार मात्रै उनलाई वीरगञ्ज कोभिड अस्पताल हेल्थ केयरमा ल्याइएको थियो । कोभिड अस्पतालमा सिकिस्त अवस्थामा ल्याइएको केही बेरमै उनको मृत्यु भएको थियो ।

    यसरी नै अर्का एकजना वीरगन्ज महानगरपालिका- २६ मनियारी निवासी २७ वर्षीय पुरुषलाई थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि तराई अस्पतालमा उपचार भएकाे र उनमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार दिउँसो कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा भर्ना गरिएको थियाे । स्वास्थ्य अवस्था गम्भीर भएपछि काठमाडाैँं रेफर गरिएको थियो ।

    काठमाडौं रेफर गरेपश्चात तत्काल तराई अस्पतालकै एम्बुलेन्समा भेन्टिलेटर र क्रिटिकल केयरमा काम गर्ने स्वास्थ्यकर्मीसहित थप उपचारका लागि काठमाडौं लैजाने क्रममा मुग्लिन पुग्दासम्म राति ११ः४१ बजे निजको मृत्यु भएको हो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology