आश तमु पोखरा - पोखरामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
आज बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका १४ का ५८ वर्षे पुरुषको मृत्यु भएको हो ।
यसअघि बिहीबार र शुक्रवार लगातार दुई जना संक्रमित महिलाको मृत्यु भएको थियो । गत भाद्र ८ गते स्वाव लिएर परिक्षण गर्दा भाद्र १० गते रिपोर्ट पोजिटिभ आएको र सो दिन बाटै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रको आइसियुमा उपचार रहदाँ आज बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।