नेपालमा कोरोना संक्रमितको
संख्या ३७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नयाँ ८ सय ८४ संक्रमितसहित देशभर संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको जानकारी दिए ।
कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ जनासहित १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पाल्पामा ३० वर्षीया महिला, काठमाडौंमा ५१ वर्षीया महिला र भक्तपुरमा ६२ वर्षीयागरी तीनजना महिलाको मृत्यु भएको छ । त्यस्तै पर्सामा ४८ र ३९ वर्षीय पुरुष, सिरहामा ८४ वर्षीय पुरुष, गोरखामा ३८ वर्षीय पुरुष, कास्कीमा ५८ वर्षीय पुरुष, काठमाडौंमा ८३ वर्षीय पुरुष, ललितपुरमा ७२ र ६१ वर्षीय पुरुष तथा भक्तपुरमा ८२ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
संक्रमितमध्ये २० हजार ५ सय ५५ जना उपचारपछि घर फर्किएका छन् भने २ सय ७ जनाको कोरोनाका कारण ज्यान गएको छ ।