Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु

स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १४, २०७७ आइतवार • ०९:१६:४७ बजे
  • 1.4K
    SHARES
  • स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु
    स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

    बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा दुर्घटना भएको हो ।

    दुर्घटनामा चापाकोट- ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए । उनीहरुको वालिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    चापाकोट- ९ कै ३१ वर्षीया पवित्रा गैरे र २५ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरा पठाइएको छ ।

    दुर्घटना भएको एम्बुलेन्स चापाकोट अस्पतालको हो । सो एम्बुलेन्स चापाकोटबाट विरामी लिएर काठमाडौं आएको थियो । काठमाडौंबाट चापाकोट–९ निवासी तीन जनालाई लिएर जिल्ला फर्किँदै गर्दा सो एम्बुलेन्स दुर्घटनामा परेको हो ।

    दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology