Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङको तमानखोलामा स्वास्थ्यकर्मी र एक व्यवसायी महिलालाई कोरोना

बागलुङको तमानखोलामा स्वास्थ्यकर्मी र एक व्यवसायी महिलालाई कोरोना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १४, २०७७ आइतवार • १५:१२:३८ बजे
  • 1.4K
    SHARES
  • बागलुङको तमानखोलामा  स्वास्थ्यकर्मी र एक व्यवसायी  महिलालाई कोरोना
    आज आईतबार बागलुङको तमानखोला गाउँपालिकामा एक जना स्वास्थ्यकर्मी र एक जना स्थानिय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    तमानखोला गाउँपालिका–२ का ३० बर्षिय एक जना महिला स्वास्थ्यकर्मी र २३ वर्षीय स्थानीय महिलालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनलयले  जनाएको छ ।

    संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा कार्यरत रहेका थिए भने व्यवसायी महिला र स्वास्थ्यकर्मी एउटै घरमा बस्ने गरेकोले दुवै जनाको पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

    संक्रमितहरुलाई धौलागिरि अस्पताल बागलुङको आइसोलेसनमा भर्ना गरेर उपचार गर्न पठाएको छ । बागलुङ जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या २९३ पुगेको छ भने २६० जना उपचार पछि डिस्चार्ज भएर घर फर्किसकेका छन्

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology