Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना महामारी

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय २० पुग्यो

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय २० पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७७ आइतवार • १५:५१:४२ बजे
  • 952
    SHARES
  • कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय २० पुग्यो

    कोरोना भाइरसको संक्रमणबाट विभिन्न जिल्लामा थप १३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या २ सय २० पुगेको छ ।

    images
     

    कोरोना संक्रमणबाट रुपन्देहीमा थप एकजनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-५, का ६७ वर्षीय पुरुषको आज दिउँसो १२:३० बजे मृत्यु भएको हो । उनी हिजो दिउँसो अस्पताल भर्ना भएका थिए ।

    भक्तपुरमा होम आइसोलेसनमा बसेका ६५ वर्षीय पुरुषको आज मृत्यु भएको छ । भक्तपुर नगरपालिका-१ का बासिन्दा उनको आज बिहान मृत्यु भएको जिल्ला जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जानकारी दिए ।

     

    सुनसरीको धरानमा कोरोनाबाट आज बिहान आमा छोराको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार धरान-१७, का ७४ वर्षीया महिला र उनका ६० वर्षीय छोराको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आमा छोराको ४५ मिनेटको फरकमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

    पर्साको गण्डक अस्पतालमा रौतहटका ४० वर्षीय पुरुषको मृत्इु भएको छ । रौतहटको राजपुरतुल्सीका ती पुरुषको बिहान उपचारका क्रममा मृत्यु भएको डा.अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

    ललितपुरको पाटन अस्पतालमा उपचाररत २९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले गएराति १० बजे उनको मृत्यु भएको जनाएको छ । ती पुरुष ललितपुरकै बासिन्दा हुन् ।

    सप्तरीमा पनि थप एक महिलाको मृत्यु भएको छ । राजविराजकी ६५ वर्षीया महिलाको गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो । मृत्युपछि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

     

    नवलपुरको विनयी त्रिवेणीका ६२ वर्षीय पुरुषको हिजो बेलुकी चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । उनी भदौ ४ गतेदेखि अस्पताल भर्ना भएका थिए ।

    रौतहटका ३० वर्षीय पुरुषको पनि ज्यान गएको छ । गम्हरियाका ती व्यक्तिको वीरगञ्ज पर्साको वीरगञ्जमा रहेको कोभिड अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

    त्यस्तै शनिबार दिउँसो विराटनगरको न्युरो अस्पतालमा मोरङका ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । उनी भदौ ३ गते अस्पताल भर्ना भएका थिए ।

    महोत्तरीका ७० वर्षीय पुरुषको पनि प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको थियो । मृतकको स्वाब परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै महोत्तरीकी ६२ वर्षीया महिलाको शनिबार बेलुकी पाटन अस्पतालमा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला ९ गतेदेखि अस्पतालमा उपचाररत थिइन् ।

    महोत्तरीकै भंगहाका ३५ वर्षीय पुरुषको पनि प्रादेशिक अस्पताल जनकपुर धाममा मृत्यु भएको छ । शुक्रबार भर्ना भएका उनको हिजो मृत्यु भएको अस्पतालले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology