Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना महामारी

२४ घन्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित, १,२२१ जनामा संक्रमण

२४ घन्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित, १,२२१ जनामा संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७७ आइतवार • १७:३१:०२ बजे
  • 1.2K
    SHARES
  • २४ घन्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित, १,२२१ जनामा संक्रमण

    कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दैनिक बढिरहेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा १४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
     

    मन्त्रालयका अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या नेपालमा २ सय २१ पुगेको छ । ज्यान गुमाउनेको संख्या काठमाडौं उपत्यकामा थप बढ्न थालेको छ।

     

    काठमाडौंमा ७२ वर्षीया महिला,सुनसरीमा ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष,बारामा ४७ वर्षीया महिला.महोत्तरीमा ६२ वर्षीया महिला, ७० र ३५ वर्षीय पुरुष,मोरङमा ६२ वर्षीय पुरुष.रौतहटमा ३० वर्षीय पुरुष,ललितपुरमा २९ वर्षीय,पुरुष,भक्तपुरमा ६५ वर्षीय पुरुष,नवलपरासीमा ६२ वर्षीय पुरुष,रुपन्देहीमा ५७ र ६७ वर्षीय पुरुष , नेपालमा कोरोना संक्रमितको संख्या पनि ३८ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा अहिलेसम्मकै धेरै १ हजार २ सय २१ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका १ हजार २ सय २१ जनासहित देशभर ३८ हजार ५ सय ६१ पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये २० हजार ८ सय २२ जना निको भएर घर फर्किएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय २१ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology