Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा पार्किङ गरी राखिएका ट्रकहरुको व्याट्री चोरी गर्ने ५ जना पक्राउ

पोखरामा पार्किङ गरी राखिएका ट्रकहरुको व्याट्री चोरी गर्ने ५ जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १४, २०७७ आइतवार • २२:३७:२९ बजे
  • 1.4K
    SHARES
  • पोखरामा पार्किङ गरी राखिएका ट्रकहरुको व्याट्री चोरी गर्ने ५ जना पक्राउ
    आश तमु, पोखरा - कास्की प्रहरीले पोखरामा पार्किङ गरी राखिएका ट्रकहरुको व्याट्री चोरी गर्ने ५ जनालाई पक्राउ गरी कारवाही सुरु गरेको छ ।

    वडा नं १४ स्थित खसिबजारमा पार्किङ गरी राखिएका  वटा ट्रकहरुको ५ थान ब्याट्री चोरी गरेको भन्ने सुचनाको आधारमा प्रहरीले उनीहरुको गिरोहलाई नै भदौं १२ गते राती पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा नेपालगंज घर भइ पोखरा १४ हेवलीमार्ग बस्ने कमल पुन , दाङ नारायणपुर घरभई पोखरा १४ हेवलीमार्ग बस्ने अजय चौधरी , धादिङ घर भई पोखरा काजिपोखरी बस्ने पूर्ण बहादुर माझी , भारत बिहार घर भई हाल पोखरा १० बिरेन्द्रचोक बस्ने दिनेश शाह र भारत घर भइ सोही स्थान बस्ने विनोद प्रसाद जैसवाल रहेको  जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।

    चोरीको व्याट्री सहित पक्राउ गरी कानूनी प्रकृया अगाडी बढाईएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology