Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बन्दीपुरस्थित गरिमा विकास बैङ्कमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैङ्कमा कार्यरत श्रीमानमा कोरोना पुष्टि

बन्दीपुरस्थित गरिमा विकास बैङ्कमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैङ्कमा कार्यरत श्रीमानमा कोरोना पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७७ सोमवार • ०९:४४:२३ बजे
  • 916
    SHARES
  • बन्दीपुरस्थित गरिमा विकास बैङ्कमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैङ्कमा कार्यरत श्रीमानमा कोरोना पुष्टि
    तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैङ्कमा कार्यरत श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिकामा आइतबार थपिएका २२ कोरोना सङ्क्रमितमध्ये उनीहरु पनि छन् ।

    गरिमा विकास बैङ्कमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैङ्कमा कार्यरत श्रीमान्मा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैङ्क तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । “बन्दीपुरस्थित बैङ्कमा काम गर्ने श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमित भएको अबेर मात्रै थाहा पायौँ”, थापाले भन्नुभयो, “सम्बन्धित दुवै बैङ्कलाई एक हप्ताका लागि कार्यालय बन्द गर्न भनेका छौँ ।” यस विषयमा छलफल गर्न आज आकस्मिक बैठक डाकिएको र उक्त बैठकले थप निर्णय गर्ने थापाले बताउनुभयो ।

    भानु–६ निवासी २३ वर्षीय ग्लोबल आईएमई बैङ्क र २५ वर्षीया गरिमा विकास बैङ्कमा कार्यरत हुनुहुन्छ । बन्दीपुर गाउँपालिकामा एक हप्तादेखि जारी निषेधाज्ञा आइतबार खुले पनि दुवै जना बैङ्कमा भने आउनुभएको थिएन । “तर पनि उहाँहरुको बैङ्कमा कार्यरत अन्य कर्मचारीको पनि स्वाब सङ्कलन गर्ने तयारी गरेका छौँ, रिपोर्ट नआइन्जेल बैङ्क बन्द गर्न भनेका छौँ”, अध्यक्ष थापाले भन्नुभयो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology