Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इच्छाकामना गाउँपालिकामा तालाबन्दी

इच्छाकामना गाउँपालिकामा तालाबन्दी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७७ सोमवार • ०९:५३:१५ बजे
  • 1.5K
    SHARES
  • इच्छाकामना गाउँपालिकामा तालाबन्दी
    कुरिनटार - चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयहरुले आइतबार गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् ।गाउँ सभाले समेत टुंगो लगाउन नसकेपछि इच्छाकामना गाउँपालिकाको कार्यालय भएको भवनमा वडा कार्यालय संचालन गर्दै आएका थिए ।

    सातौं गाउँसभामा इच्छाकामना गाउँपालिका वडा नम्बर ३ को वाड कार्यालय कहाँ राख्ने भनेर भएको प्रस्तावमा प्रष्ट बहुमत नपुगेपछि चुम्लिङटार र फिस्लिङ कहाँ राख्ने भनेर टुंगो लागेको थिएन। वडा कार्यालय फिस्लिङ राख्न पर्ने प्रस्ताव वडा ३ का वडा अध्यक्ष अधिकारीको थियो भने चुम्लिङटार हुनुपर्ने प्रस्ताव वडा ३ कै वडा सदस्य डिल बहादुर चेपाङको रहेको थियो । दुबै प्रस्ताव जनप्रतिनिधिहरुको संख्याबाट बहुमत नपुगेपछि वडा कार्यालय कहाँ रहने भनि टुंगो लाग्न सकेको थिएन ।

    गाउँपालिका अध्यक्ष गीता कुमारी  गुरुङले  गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछिको पहिलो र दोश्रो बैठकले नै वडा समितिलाई तत्काल अस्थाईरुपमा वडा कार्यालय तोक्न भनि अधिकार दिएको बताउनुभयो । सोही अनुसार अस्थाईरुपमा वडा कार्यालय संचालनका लागि फिस्लिङ सामान लगिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

    स्थायीरुपमा वडा कार्यालय कहाँ राख्ने गाउँसाभाले पास गर्नुपर्ने उहाँको भनाई छ । अध्यक्ष गरुङले भन्नुभयो, “जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि पहिलो र दोश्रो बैठकले नै वडा कार्यालयको अस्थाई कार्यालय तोक्न वडा समितिलाई अधिकार दिएको थियो, सोही अनुसार उहाँले त्याही अधिकार प्रयोग गर्नुभएको हो ,यो नयाँ निर्णय होइन, स्थायीरुपमा गाउँसभाले पारित नगरि वडा कार्यालय टुंगो लाग्दैन।” वडा कार्यालय कहाँ राख्ने भनि टुंगो नलागे सम्म वडाध्यक्षले अस्थायीरुपमा फिस्लिङमा कार्यालय संचालनका लागि सामान लानुभएको उहाँले बताउनुभयो । वडाध्यक्ष गोवर्धन अधिकरीसंग भने फोन सम्पर्क हुन सकेन ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology