Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कुवेतबाट क्यान्सर पीडित मिनालाई एक लाख बढी आर्थिक सहयोग

कुवेतबाट क्यान्सर पीडित मिनालाई एक लाख बढी आर्थिक सहयोग

चन्द्र गाेतामे

चन्द्र गाेतामे

बैशाख १६, २०७९ शुक्रवार • ०२:५८:२६ बजे
  • 2.3K
    SHARES
  • कुवेतबाट क्यान्सर पीडित मिनालाई एक लाख बढी आर्थिक सहयोग

    कुवेतबाट क्यान्सर पीडित मिना बिस्वकर्मा (सुनार) लाई एक लाख बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

    images


    म्याग्दी बेनी नगरपालिका-२, जामरुककोटकी ३२ वर्षीय क्यासर पीडित मिनालाई कुवेतबाट प्रेमबहादुर बिस्वकर्माको संयोजकत्वमा संकलन गरिएको २५६ कुवेती दिनार ( नेपाली १,०१,५१३ रुपैयाँ ) सहयोग प्राप्त भएको हो ।

     

    बिगत २ वर्षदेखि घाँटीमा क्यान्सर (NHL Lymhoma) बाट ग्रसित भएकी मिनाको उपचारमा आर्थिक अभाव भएपछि मोना कुवेतका भूतपूर्व अध्यक्ष तथा समाजसेवी प्रेम बहादुर बिस्वकर्मा र दिलबहादुर खातीले कुवेतमा कार्यरत नेपाली तथा गैर नेपालीबाट आर्थिक संकलन गरि पठाएका छन ।

     

    क्यान्सर पीडित मिना बिगत २ बर्षदेखि वि.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत छिन । केही समय पहिले उनको घाँटीको अपरेशन पनि सफल भएको छ । घरको जायजेथा बेचबिखन गर्दा पनि उपचार गर्न आर्थिक सम्भव नभएपछि उनको उपचारको लागि देश तथा बिदेशमा रहेका नेपाली संघ-संस्था लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई आर्थिक सहयोग गर्न अपिल गरिएको थियो । उनको उपचारको लागि देश तथा बिदेशबाट आर्थिक सहयोग प्राप्त भएको दाजु बिनोद बिस्वकर्माले बताएका छन ।

    सहयोगीहरुको विवरण यस प्रकारको रहेको छ ।

    749EEE71-B272-4FE6-BB4A-288D32E4E2F7.jpeg

    यदी तपाईहरु पनि क्यान्सर पीडित मिनाको लागि आर्थिक सहयोग गर्न चाहनु हुन्छ भने निम्नब्यक्तिलाई सम्पर्क गर्न सक्नुहुने छ ।

     

    अमृता श्रीपाल (बहिनी)

    मोबाईल न: 9805287559

    बैंक खाताको नाम :  Jibana bk A/C No 3507010013719 (Globle IME Bank)

    Yam prasad Bishwokarma (भिनाजु)

    मोबाईल न: 9847642452

    A/C No 118000000570B (NCC Bank)

    साथै बिदेशमा रहनु हुनेहरुले सजिलो र छिटोको लागी Gofundme मार्फत आफ्नो सहयोग रकमजम्मा गर्न सक्नु हुनेछ।

     

    थप जानकारिको लागी वडा अध्यक्ष हिरा बहादुर थापा बेनपा-२, जामरुककोट 9857627379,

    वडा अध्यक्ष पदम पुन बेनपा-३, भकिम्ली 9857640521

         

  • सम्बन्धित विषय:

  • # समाज
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology