Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लमजुङमा १४ दिनका नाबालाकसहित २६ जनाका काेराेना संक्रमण पुष्टि

लमजुङमा १४ दिनका नाबालाकसहित २६ जनाका काेराेना संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १६, २०७७ मंगलवार • १३:०१:१३ बजे
  • 1.7K
    SHARES
  • लमजुङमा १४ दिनका नाबालाकसहित २६ जनाका काेराेना संक्रमण पुष्टि
    गण्डकी प्रदेशभर थप ३९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४ जिल्लाका ३९ जनामा पोजेटिभ देखिएको हो ।

    मंगलबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तिमा लमजुङमा १४ दिनका नाबालाकसहित २६ जनाका काेराेना संक्रमण पुष्टि भएकाे छ ।

    पछिल्लाे समय लमजुङमा निकै संक्रमित बढेका छन् । त्यहाँ सर्वसाधरणसहित प्रहरी र पत्रकारसमेत संक्रमित भएका छन् ।

    मंगलबार विहान ३९ जना थपिएसँगै गण्डकी प्रदेशमा संक्रिमतकाे संख्या २२ सय नाघेकाे छ । कोरोना पुष्टि हुनेमा लमजुङका २६ सहित नवलपुरका १०, कास्कीका २ र बागलुङका १ जना छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology