आश तमु - पोखरा महानगरपालिका भित्र थप दुई जनामा आज कोरोना पुष्टी भएको छ ।
स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार संक्रमित हुनेमा एक युवती र एक पुरुष रहेका छन । यदपी निर्देशानलयबाट जारी बिज्ञप्तीमा पुरुष हुनु पर्ने ठाउँमा महिला र महिला हुनुपर्ने ठाउँमा पुरुष लेखिएको थियो ।
यस्तो लापरवाही एक पटक मात्र यस अघि पनि धेरै चोटी भएको थियो ।
पोखरा महानगरपालिका वडा न ६ का संक्रमित पुरुष पर्यटन व्यवसायी हुन । सक्रमितक व्यवसायीको लेकसाइडमा ट्रेकिङ एजेन्सी छ ।
पोखरामा आज अर्की युवतीमा पनि कोरोना पुष्टि भएको छ । पोखरा १३ की २४ वर्षीया युवतीमा पोजेटिभ देखिएको हो ।पोखरा १३ की संक्रमित २ दिन पहिले कोरोनाबाट मृत्यु भएका पुरुषकी छोरी हुन् ।