मुक्तीनाथ संस्कृत गुरुकुल बानपा ४ कुॅडुलेमा सबै जातजातिका बिधार्थीले पढ्न पाउनु पर्ने माग राखेर संघर्षमा उत्रिएका विश्व हिन्दु संगठन एशिया क्षेत्र प्रमुख प्राचार्य चन्द्रकान्त पौडेल माथी हिजो भएको सांगतिक आक्रमण प्रति संयुक्तदलित संघर्ष समिती बाग्लुगंले बिरोध जनाउॅदै अभियान्ताचन्द्रकान्त पोडेलको अभियानमा एक्यबद्दता जनाएको छ।
संघर्ष समितीको तर्फ बाट संयोजक टिका कुमारी बिश्वकर्मा द्वारा हस्ताक्षरित बिज्ञप्ती निकाल्दै मुक्तिनाथ संस्कृत पाठशाल बाग्लुंगमा मात्र होईन नेपाल भरीकै यस्ता पाठशाला तथा गुरुकुलहरुमा नेपालको शिक्षा ऐन अनुशार सबै जातजाति,भाषाभाषी र समुदायको मान्छेहरुले पढ्न पाउनु पर्छ भन्ने अभियानको मु्ख्य अभियान्त प्राचार्य चन्द्रकान्त पौडेल माथी कथित धर्म गुरु स्वामी प्रपन्न भनिनेको अगुवाइमा भएको सांघेतिक हमला प्रति घोर भत्सना गर्दै सामजिक संजालमा आएको भिडियोको आधारमा हमलामा सम्मेलित सबै मान्छे हरुलाई प्रचलित कानुन अनुशार कडा भन्दा कडा कार्बाहीगर्न सरकार समक्ष माग गरेको छ।
बिज्ञप्तीमा संघर्ष समितीले बाग्लुंग लगाएत नेपाल भरीका यस्ता गुरुकुलहरुमा सबै जातजातिका नागरिकलाई अध्ययन गर्ने ब्यबस्था मिलाउन माग गर्दै यदी माग पुरा नगरिए आन्दोलन गर्ने चेतावनी दिदै अभियान्ता पौडेलको अभियानमा साथ दिनका लागी जिल्ला स्थित नागरिक समाज,मानव अधिकारबादी संघ संस्था,राजनितिक दल,जनप्रतिनिधी र पत्रकारहरुलाइ हार्दीक अनुरोध समेत गरेको छ।