Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

पोखरामा २० जना प्रहरीमा कोरोना पुष्टी,गण्डकीमा थपिए ३५ कोरोना संक्रमित

पोखरामा २० जना प्रहरीमा कोरोना पुष्टी,गण्डकीमा थपिए ३५ कोरोना संक्रमित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १७, २०७७ बुधवार • ११:००:२७ बजे
  • 3.3K
    SHARES
  • पोखरामा २० जना प्रहरीमा कोरोना पुष्टी,गण्डकीमा थपिए ३५ कोरोना संक्रमित
    गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा कास्क्वी जिल्लामा कार्यरत २० जना नेपाल प्रहरी रहेका छन ।

    बुधबार क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीक्षणमा गण्डकी प्रदेशका ३५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिए।

    निर्देशक शर्माका अनुसार संक्रमितहरुमा कास्कीका २३, नवलपरासी (सुस्तापूर्व)का ७, लमजुङका ४ र तनहुँका १ जना रहेका छन्।
    निर्देशक शर्माका अनुसार तनहुँ शुक्लागण्डकी–१ कि संक्रमित महिला पोखराको अमरसिंह चोकमा रहेको पार्कल्यान्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेकी छन् भने पोखरा महानगरपालिका–१७ का २० जना नेपाल प्रहरीमा कार्यरत छन्। त्यस्तै लमजुङ, सुन्दरबजारका–२ का ५० वर्षीय पुरुष ओमानबाट आएका हुन भने सुन्दरबजार–९ कि ४९ वर्षीया महिला स्थानीय किराना पसल सञ्चालक हुन्।

    सबै संक्रमित व्यक्तिहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।  योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २४५ पुगेको छ।
    118765702_181508633356922_6215832662785484910_o.jpg

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology