Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी प्रहरीलाई ठुलो सफलता:एकै पटक पाॅच परार प्रतिबादी पक्राऊ

म्याग्दी प्रहरीलाई ठुलो सफलता:एकै पटक पाॅच परार प्रतिबादी पक्राऊ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १७, २०७७ बुधवार • १५:२६:१४ बजे
  • 2.4K
    SHARES
  • म्याग्दी प्रहरीलाई ठुलो सफलता:एकै पटक पाॅच परार प्रतिबादी  पक्राऊ

    १७ भदौ, म्याग्दी । जिल्ला प्रहरी कार्यालय, म्यादीले कर्तव्य ज्यान मुद्दाका पाँच जना फरार प्रतिवादीलाई एकैदिनमा पक्राउ गरेको छ ।म्याग्दीको ओखरबोट–३, चिउरीबोटमा १० वर्षअघि २१ वर्षीय नारायण छन्तयालको हत्या भएको घटनामा संलग्न पाँच जना पक्राउ परेका हुन् ।

    images

     

    जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरका अनुसार पक्राउ पर्नेमा मालिका गाउँपालिकाका बलमान घर्ती, जीवन घर्ती मगर, दुर्गाबहादुरघती, दलप्रसाद पुन र तत्कालीन रुम गाविस–५ का तिर्थेन्द्र घर्ती मगर छन् ।

    शिवरात्रीको अवसरमा दार्जिङखोला युवा क्लब, ओखरबोटले आयोजना गरेको भलिबल खेलमा पराजित भएपछि छन्त्यालको हत्या गरिएको अनुसन्धानबाट खुलेको थियो ।

    पक्राउ परेकाहरुलाई जिल्ला अदालत, म्याग्दीले २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । दुर्गा र दल चाहिँ घटना भएका वेलाबालबालिका भएकाले आधा अर्थात् १० वर्ष कैद सजाय गर्न आदेश भएको थियो ।

  • सम्बन्धित विषय:

  • # हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology